• ११ असोज २०८१, शुक्रबार

कुपोषण रोकथामका लागि आमा समूह गठन

blog

स्वामिकार्तिक खापर गाउँपालिकाले गठन गरिएका आमा समूहका भेला कार्यक्रम । तस्बिर : शेरबहादुर सार्की/बाजुरा

शेरबहादुर सार्की

बाजुरा, असोज ११ गते । जिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाले कुपोषण रोक्न आमा समूह गठन गरेका छन् । यहाँका गाउँ बस्तीमा पछिल्लो समय नयाँ जन्मिने केही शिशुमा कुपोषण देखा परेको भन्दै यसलाई रोक्न पालिकाले आमा समूह गठन गरेका हुन् ।

पालिकामा रहेका २४० घरपरिवारका २४० आमाहरु मध्येबाट नै ११९ आमा समूह गठन गरेको स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ । जिल्लाकै विकट क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाले यहाँका आमा तथा शिशुको स्वास्थ्यमा परिवर्तन ल्याउने गरी पहिलो पटक आमा समूह गठन गरेका हुन् ।

पालिलकाले सञ्चालन गरेको आमा पहिलो कार्यक्रमलाई सहज हुने गरी मिगुदेखि फयालगाँउसम्मका प्रत्येक घर नछुटने गरी ११९ आमा समुहहरुमा गठन गरेको छ । यस समूहमा यहाँका २ दुइ हजार चार सय आमाहरू आवद्ध छन् । 

आमाहरुको आर्थिक अवस्था मजबुद पार्नका लागि गाउँपालिकाकाले यहाँका प्रत्येक आमाहरूको निःशुल्करुपमा बैङ्क खाता खोलि ४ हजार १२४ रुपियाँ समेत जम्मा गरिदिएको छ । बिउँको रुपमा जम्मा गरेको यो रुपियाँमा यहाँका आमाहरुले आफूले कमाइ गरेको एक अशं यसैमा थपेर जम्मा गुर्न पर्ने पालिकाले अनिवार्य गरेको छ । जस कारण उनीहरुको आर्थिक अवस्था मजबुद भएर पोषिलो खानेकुरा खान सहज होस् ।

आमा समूहका प्रत्येक आमाले अनिवार्यरुपमा ५ किलो दाल उत्पादन गर्नुपर्ने त्यसलाई समूहमार्फत् जम्मा गरी पालिकाले विद्यालयको दिवा खाजाका लागि विद्यालयलाई बिक्री गरिदिने छ । दाल बिक्रीबाट आएको रुपियाँ पनि पालिकाले आमा समूहको खातामा जम्मा गरिदिने छ ।

आमाहरुको स्वास्थ्य तथा सरसफाईमा विशेष रुपमा हेर्ने र उनीहरुको आर्थिक अवस्थालाई समेत बलियो बनाउन यती बेला पालिकाले यो वर्ष देखि नयाँ आयमूलक कार्यक्रम समेत ल्याउने भएको छ ।

गरिबीका कारण आमाले गर्भवती भएको बेलामा केही पोषिला खाने कुराहरु खान नपाएपछि उनीहरुबाट जन्मेका शिशुमा प्राय कुपोषण देखिने गरेको स्वामिकार्तिक खापर गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, यहाँका आमाहरुको आर्थिक अवस्थालाई बलियो पार्नका पालिकाले विशेष कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।”

यो कार्यक्रमले यहाँका आमाहरुको स्वास्थ्यमा सुधार आउनुका साथै शिशुमा देखा पर्ने कुपोषण पनि अन्त्य हुने शाहीले बताउनुभयो ।

आमाहरुको स्वास्थ्यमा सुधार तथा समाजमा भएका विकृतिहरुलाई रोक्नका लागि पछिल्लो समय पालिकामा आमा समूह गठन गरिएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा गठन गरिएका आमा समूहले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यमा समेत सुधार ल्याउने छन् ।”

गाउँमा रहेका छाउपडी, बाल विवाह, छुवाछुत प्रथालाई समाजबाट हटाइ सुद्धृढ समाजको परिकल्पना गर्नका लागि आमा समूहको निकै ठुलो भूमिका रहने अध्यक्ष रोकायाले बताउनुभयो ।