तनहुँ, वैशाख २९ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिँदा मोटरसाईकल चालक सहित तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बाग्मती प्रदेश ०२०३१ प ५०५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४९ वर्षीय सान्नानी पाण्डे र ४८ वर्षीय गिता नहर्की तथा मोटरसाइकलका चालक २४ वर्षीय राजु भुषाल घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।
तिब्र गतिमा आएको उक्त मोटरसाइकलले विपरित दिशातर्फ गई सडक छेउमा बसिरहेका २ जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गिता नहर्कीको देब्रे खुट्टा भाँचिएकाले थप उपचारका पोखरा लगिएको र दुई जनाको दमौली स्थि रत्नहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।