• ११ असोज २०८१, शुक्रबार

विपन्न विधार्थीलाई साइकल सहयोग

blog

एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असोज ४ गते । सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ । 

नगर क्षेत्रका १० जना छात्रालाई साइकल वितरण गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई माथिल्लो कक्षामा पठन सहजताका लागि साइकल वितरण गरेको भण्डारीले बताउनुभयो । 

साइकल पाएपछि विधार्थी खुसी भएका छन् । साइकल वितरण कार्यक्रममा नगर उपप्रमुख विनितकुमारी मेहता समेतको उपस्थिति थियो ।