• २ असोज २०८१, बुधबार

सर्वोच्चमा रिक्त पदका कारण सेवा प्रवाहमा असर परेकोप्रति ध्यानाकर्षण

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २ गते।  सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतमा रिक्त रहेका पदका कारण दैनिक सेवा प्रवाहमा असर परेकोप्रति ध्यानाकर्षण गराएको छ। 

एसोसिएसनका सचिव श्याम कुमार खत्रीका अनुसार सर्वोच्चमा हाल पाँच जना न्यायाधीशको पद रिक्त भएको छ। 

एसोसिएसनले गत असार २५ गतेको बैठकले रिक्त न्यायाधीशको अविलम्ब नियुक्ति गर्न र मापदण्ड पुरा गरेका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको उहाँको भनाइ छ। 

उहाँले सो निर्णय गत साउन १० गते प्रधानन्यायाधीश र वरिष्ठम् न्यायाधीश समेतलाई भेटी ध्यानाकर्षण गरेको बताउनुभयो।