• २ असोज २०८१, बुधबार

उत्कृष्ट कर्म गर्नेलाई प्रोफेसनल एचिभमेन्ट अवार्ड

blog

एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड–२०२४ प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, असोज २ गते । सिजन मिडियाको आफ्नो १६औँ स्थापना दिवस तथा संविधान दिवसको अवसरमा नेपाल लगायत एशियाका विभिन्न देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड–२०२४ प्रदान गरेको छ । 

सिजन मिडियाले ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका अवैतनिक वाणिज्य दूत समेत रहेका उद्यमी, व्यवसायी डा.राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल केसी, लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक अनिल पोखरेल, आइकोनिक बिजनेस आन्टरप्रिनरशीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुुकेटर एण्ड रिसर्चर अवार्डबाट डा. स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्रराज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरशीप अवार्डबाट डा. पियारत्न महर्जनलाई सम्मान गरेको हो । सम्मानित ब्यक्तित्वहरुलाई राष्ट्रिय संविधान सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अवार्ड प्रदान गर्नुभयो । 

कार्यक्रममा आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनरिशी धिताल, इनोभेटिभ लिडरशीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङ शु, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरशीप अवार्डाबाट पूर्व मिस नेपाल एवं संचारकर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पंगेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लाकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारी वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना तथा इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत सम्मानित हुनुभयो । 

आ–आफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धीसँगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यवसायिक व्यक्तित्व बाहेक एशियन प्रोफेसनल अचिभेन्ट अवार्ड–२०२४ ले विभिन्न मुलुकका व्यवसायिक सफलता हात पारेका व्यक्तिहरुलाई पनि विभिन्न अवार्डबाट सम्मानित गरेको थियो । 

जस अन्तर्गत पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्रेड लिडरशीप अवार्ड, भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाईल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड, बंगलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा. जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरियो ।