काठमाडौं, वैशाख २८ गते । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७० जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जना सङ्क्रमित भएका छन् ।
२४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ ।
२४ घण्टामा ११ हजार ५ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १८७ जना छन् ।