• २९ भदौ २०८१, शनिबार

बालुवाटारमा संवैधानिक परिषद्को बैठक

blog

संवैधानिक परिषदको बैठक। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, भदौ २८ गते।  बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शुक्रबार साँझ बैठक बसेको हो। 

बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय  सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना र  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्छ।  

बैठकले प्रधानन्यायाधीश र संवैधानिक निकायका केही अंगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति र सिफारिसको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।