• २२ भदौ २०८१, शनिबार

राणाद्वारा पलेशालाई चार लाख नगद पुरस्कार प्रदान

blog

समाजसेवी राजी राणा ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कार प्रदान गर्दै । तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

काठमाडौं, भदौ २१ गते । समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ । 

उहाँले शुक्रबार पलेशालाई सो नगद प्रदान गर्नुभएको हो । राणा खेलकुदमा रुचि राख्ने र खेलाडीहरुलाई माया गर्ने समाजसेवी हुनुहुन्छ । 

यसैगरी उहाँले प्रशिक्षक कवि राज नेगी लामालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ । 

राणाले सिमराको रंगशाला परिसरमा भवन, मुसर वस्ती, विभिन्न स्थानमा वृद्धाश्रम गर्नु भएको जारी विज्ञप्तिमा उल्लेख छ । उहाँ पशुपन्छी प्रेमी हुनुहुन्छ र विभिन्न स्थानमा मन्दिर तथा विद्यालयहरुमा निरन्तर रुपले सहयोग गर्दै आउनु भएको विज्ञप्तिमा उल्लेख छ ।