• १३ वैशाख २०८१, बिहिबार

सिटौला र उपाध्यायलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

blog

काठमाडौं, वैशाख २६ गते । नेपाली भाषासहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका स्रस्टा सम्मानित हुनुहुने भएको छ । नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङमयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत निरन्तर जागरुक एवं समर्पित अमेरिकाका प्राज्ञ मोहन सिटौलालाई प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित यस पुरस्करको राशि दुई लाख रुपियाँ रहेको छ । 

यसैगरी, समालोचना, कविता, निबन्ध, नाटक, अनुवाद आदि सिर्जनाद्धारा नेपाली भाषासाहित्यमा योगदान गर्नुहुने भारत असमका छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । 

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेकोे बैठकले पुरस्कार सम्बन्धमा निर्णय गरेको जानकारी दिनुभयो। सो पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिदैँ आएको छ ।