• ६ जेठ २०८१, आइतबार

२४ घण्टामा थप छ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, वैशाख २६ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, एक हजार ३०९  जनाको एन्टिजेन परीक्षण गर्दा दुई जना सङ्क्रमित भएका छन् ।

२४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । २४ घण्टामा ३८ हजार ३५९ जनाले खोप लगाएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १९० जना छन् ।