• १३ साउन २०८१, आइतबार

जेभियर र नाथमलाई उपाधि

blog

बास्केटबल उपाधि विजेता टोली । तस्बिर : राखेप

काठमाडौँ, वैशाख २६ गते । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । जेभियर पुरुष  तथा नाथम महिलामा च्याम्पियन बनेको हो । 

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको  पुरुष फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ अंकले हरायो । जेभियरका रवि पौडेलले १७ अंक योगदान गर्नुभयो । जेभियर लगातार पाँचौँ पटक च्याम्पियन बनेको हो । उपाधिसँगै जेभियरले ५० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता गोल्डेनगेटले ३० हजार रुपियाँ प्राप्त गरेको छ । 

महिलाको उपाधि भिडन्तमा झरना वज्राचार्यको १३ अंकको सहयोगमा नाथमले शुभश्रीलाई ३२–७ अंकले हरायो । उपाधिसँगै नाथमले ३० हजार र उपविजेताले २० हजार रुपियाँ पुरस्कार पायो । पुरुषमा जेभियरका तेन्जिङ सोनाम भुजेल र महिलामा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर घोषित हुनुभयो । दुवैले समान पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । वैशाख २१ गतेदेखि सुरु प्रतियोगिताको  पुरुषमा आठ र महिलामा चार टोलीले भाग लिएका थिए ।