• ८ जेठ २०८१, मङ्गलबार

नेपाललाई जिम्बावेको दुई सय १४ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २६ गते । पाहुना टोली जिम्बावे ‘ए’ ले नेपाललाई जितको लागि दुई सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १३ रन बनायो । मैदानमा पानी जमेका कारण ३३ ओभरमा झारिएको खेल ढिला गरी सुरु भएको थियो । 

जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, लुक जोग्वीले १९, सेफासले १६ र इनोसेन्ट कियाले १२ रन बनाउनुभयो ।  बलिङमा नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिनुभयो ।

तीन खेलको सिरिजमा यसअघि १–१ को बराबरी भएको छ । निर्णायक खेलमा दुवै टोली जितका लागि तत्पर देखिएका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग तीन विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले जिम्बावेलाई नौ विकेटले हराएको थियो ।