• ७ वैशाख २०८१, शुक्रबार

टेलिकमको निर्वाचन अफर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते । स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले भ्वाइस, एसएमएस र डाटा अफर दिएको हो ।

उक्त अफरमा सबै नेटवर्कमा दुई सय मिनेट कुराकानी गर्न सकिने, तीन सय एसएमएस पठाउन सकिने र छ जीबी डाटा प्याक प्रयोग गर्न सकिनेछ । तीन दिनसम्म चल्ने यी प्रत्येक अफर ९८ रुपियाँमा खरिद गर्न सकिने जनाइएको छ । अफर वैशाख २५ देखि जेठ ४ सम्म उपलब्ध हुनेछ ।