• ९ भदौ २०८१, आइतबार

डुबेर बालिकाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, भदौ ९ गते । मकवानपुरको राक्सिराङमा शनिवार साँझ डुबेर एक बालिकाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ्गेमा स्थानीय शेर बहादुर प्रजाकी ३ वर्षीया छोरी सुभेक्षा माया प्रजाको डुबेर मृत्यु भएको वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले जानकारी दिनुभयो ।

घर नजिकै पानी ट्याङ्कीका लागि बनाएको पुरानो खाल्टोमा डुबेर प्रजाको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

बालिकाको शव घटनास्थलमै रहेको र घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक थापा मगरसहितको टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।