• १२ मंसिर २०८१, बुधबार

समितिले क्यालेण्डर बनाएर समिति बैठक सञ्चालन गर्छ : सभापति गैरे

blog

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति ठाकुर गैरे ।

काठमाडौँ, भदौ ५ गते। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले समितिको कार्ययोजना र क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्ने भएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सदस्यलाई कार्ययोजनामा राख्ने विषयको सुझाव माग गरेको छ। साथै बैठकमा बैठक सञ्चालन कार्यविधि छलफलको लागि प्रस्तुत गरिएको छ। 

समितिले आगामी बैठकबाट कार्यविधि सहितको  कार्ययोजना पास गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताउनुभयो। समितिका सदस्यलाई कार्यविधिबारे आगामी १४ गतेअघि नै सुझाव दिन भनिएको छ। 

संविधानको भाग ४ मा ४ वटा राज्यका निर्देशक सिद्धान्त, १३ वटा राज्यका नीति र एउटा राज्यको दायित्व उल्लेख गरिएको छ। देशका सम्पूर्ण अङ्गमा निर्देशक सिद्धान्त, नीति र दायित्व लागू हुने र त्यस बमोजिम आफ्ना काम गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको सभापति गैरेले बताउनुभयो। समितिले कार्यविधि तय गरेर कामका क्षेत्रलाई प्राथमिकीकरण गर्ने र राज्यका सबै अङ्गमा राज्यको निर्देशक सिद्धान्त, नीति, दायित्व बमोजिम काम भए÷नभएको अनुगमन गर्ने बताउनुभयो। 

सभापति गैरेले सबै क्षेत्रमा केन्द्रित भएर परिणाममुखी निष्कर्ष निकाल्ने गरी काम गर्ने बताउनुभयो। संविधानले अभिव्यक्त गरेको देश र जनताको हितको पक्षमा संविधान प्रदत्त जनताका अधिकार संविधान बमोजिम कार्यान्वयन हुनुपर्ने र कार्यान्वयन गर्नका लागि समितिले निर्देशन दिने बताउनुभयो। समितिको सभापति चयन पछिको यो पहिलो बैठक हो।