• ७ वैशाख २०८१, शुक्रबार

जुनी बस्तीमा जनयुद्ध सङ्ग्रहालय भवन बन्ने

blog

जनयुद्ध संग्रालय भवनको शिलान्यास गर्नु हुदै कर्णाली प्रदेशका वन निर्देशक गोविन्द्र प्रसाद दाहाल । तस्विर : सहदेव बस्नेत

जाजरकोट, वैशाख २३ गते । जिल्लाको जुनीचाँदे गाउँपालिका– ७ जुर्क निपानेमा जनयुद्ध सङ्ग्रहालय बन्ने भएको छ । कर्णाली प्रदेशका वन निर्देशक गोविन्द्रप्रसाद दाहालले विहीबार भवनको शिलान्यास गर्नुभएको छ  ।

कर्णाली प्रदेश सरकारले उक्त सङ्ग्रहालय निर्माण सुरु गरेको हो । उक्त गाउँमा २५ जना व्यक्तिको सामूहिक हत्या भएको थियो । दुर्गम क्षेत्रमा पर्ने यो क्षेत्र शहीद तथा युद्धको अध्ययन गर्नका लागि सहज होस भनेर सङ्ग्रहालय निर्माण गर्न लागेको दाहालले बताउनुभयो ।

मगर खाम भाषा मात्र बोल्ने विपन्न त्यस स्थानका समुदायलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । 



Author

सहदेव बस्नेत