• १२ साउन २०८१, शनिबार

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

blog

साङ्केतिक तस्बिर

क्यालिफोर्निया, वैशाख २२ गते । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको  प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

अनुसन्धानकर्ताले स्थानीय समय अनुसार बिहान २ः१५ बजे (०९१५ जिएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए । घटना बारे अनुसन्धान जारी छ।