• ४ पुस २०८१, बिहिबार

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

blog

सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । बिहीबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको प्रमुखको कार्यालयले जनाएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गर्नु भएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । 

प्रदेश सभाको नवौं अधिवेशनमा १९ औं पटक बैठक बसेर केही आर्थिक, अध्यादेश प्रतिस्थापन गर्ने विधेकयहरु पास गरेको थियो । 

Author

मुना हमाल