जाजरकोट, वैशाख २२ गते । जिल्लाको कुशे गाउँपालिकामा चुनावी प्रचारप्रसारमा जुटेका सत्ता गठबन्धन दलका कार्यकर्ता विच झडप हुँदा प्रहरीले हवाईफायर गरेको छ । कुशे गाउँपालिका– ९ जुर्गेमा नेपाली काँग्रेसका कार्यकर्तासँग नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरु वीचमा झडप हुदाँ एक राउण्ड गोली फायर गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिनुभयो ।
निर्वाचनका लागि त्यस पालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले साझा गठवन्धन गरेको छ भने काँग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ । झडपलाई कम गर्न खोज्दा प्रहरी माथि नै ढुङगा मुडा गर्दा प्रहरीले हवाईफायर गरेको थियो ।
झडप हुँदा काङ्ग्र्रेस समर्थक कुशे – ८ का २६ वर्षीय महेन्द्रवहादुर सिंह घाइते भएका छन् । घटनाको अवस्थालाई समान्य बनाउन बुधबार रातीनै सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीको बताउनुभयो ।