• १६ भदौ २०८१, आइतबार

उम्मेदवारको करार नामा गराउदै दैलेखका मतदाता

blog

दैलेख, बैशाख २२ गते । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका देशभरि नै जनमत आफ्नो पक्षमा पार्न दलहरुले चुनावी सभा र घरदैलो कार्यक्रममा तिव्रता दिएका छन् । तर दैलेखको भैरवी गाउँपालिका सचेत मतदाता भने हजुर भोट किन दिने भनेर गाउँपालिकाबाट उम्मेदवार बनेका विभिन्न दलका प्रतिनिधीलाई भेला गराई प्रतिवद्धता सहित करार नामा गरि औँठाछाप गर्न लगाएका छन् । 

सचेत मतदाताले गरेको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऐनबहादुर कठायत,उन्नत लोकतन्त्र पार्टीका मिलन ढुङगाना, एकिकृत समाजवादीका जगतप्रसाद आर्चाय, नेकपा (एमाले) पार्टीका अध्यक्ष सर्वराज महतारा र उपाध्यक्ष पदककुमारी विष्ट प्रतिवद्धता सहित करार नामा गरेको कार्यक्रमका स्थानीय अगुवा प्रसान्त सागर शर्माले बताउनुभयो । भ्रष्टाचार नगर्ने, जनता र स्थानीय तहको विकासमा लागि पर्ने भन्दै सहिछाप करार नामाकन गर्नु भएको उहाँले बताउनुभयो । 

स्थानीय विकासका लागि निस्पक्ष,पारदर्शिता प्रतिवद्धत नेतृत्व लागि नै सचेत युवाहरु लागि परेको गणेश प्रसाद न्यौपानेले बताउनुभयो । हामीले जनताका विकासका लागि उम्मेदवारलाइ प्रतिवद्धता कार्यान्वयन गर्न बदमाशी नगर्ने र जनताका लागि काम गर्ने भनेर यो करार नामाकन गर्न लगाएका हौं । यस्तो कामले उम्मेदवारलाई नागरिकप्रति उत्तरदायि बनाउँछन् । प्रतिवद्धता पुरा नभए आफुले राजीनमा दिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।  

Author

विशाल सुनार