• ११ साउन २०८१, शुक्रबार

तोलामा तीन सयले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  साउन ११ गते ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रू. एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु. एक लाख ४४ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. २० ले घटेको छ । बिहीबार प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार सात सय ३० निर्धारण भएको छ । रासस