• १८ असार २०८१, मङ्गलबार

जङ्गली सल्ले च्याउ खाँदा पाँच जना बिरामी

blog

राममणि दाहाल

हेटौँडा, असार १६ गते । हेटौँडा उपमहानगरपालिका १९ स्थित बसामाडीमा जङ्गली सल्ले च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । ३६ वर्षीय श्यामबहादुर बलसहित परिवारका पाँच जनाले जङ्गली सल्ले च्याउ खाँदा बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

च्याउ खाएर बिरामी हुनेमा श्यामबहादुरसहित वर्ष १६ की अनिता बल, वर्ष ११ का रेमन बल, वर्ष ७३ की फूलमाया बल, वर्ष ३४ का तुलबहादुर मोक्तान छन् । प्रहरीका अनुसार च्याउ खाएर बिरामी भएको सबै जना हेटौँडा अस्पतालमा उपचारपछि आइतबार आफूहरूलाई ठिक भयो घर जान्छौ भन्दै घर गएका छन् ।