• १६ असार २०८१, आइतबार

मध्यपहाडी रुकुमखण्डकाे यातायात सुचारु

blog

फाइल तस्बिर ।

राजु लामिछाने

रुकुमपश्चिम, असार १४ गते । मध्यपहाडी राजमार्गको रुकुमखण्डमा आएको पहिरोले अवरुद्ध भएको यातायात सुचारु भएको छ । राजमार्गमा आएको पहिरो हटाएपछि यातायात सेवा सुचारु भएको हो । 

बिहीवार बेलुका रुकुमपश्चिमको मुसिकोट नगरपालिका ८ किटेनीमा भएको पहिरोको कारण बाटो अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुमपूर्व, पोखरा, काठमाडौँ जाने र रुकुमपूर्वबाट पनि रुकुमपश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधन रोकिएका थिए ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार पहिरो हटाएपछि अहिले उक्त खण्डमा यातायात सुचारु भएको छ । यससँगै घण्टौं रोकिएका यात्रुबहाक र मालबाहक गाडीहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

पहिरो हटाउन रुकुमपश्चिमको मुसिकोट नगरपालिकाबाट स्टाभेटरकाे व्यवस्था गरिएकाे हाे ।