• १२ असार २०८१, बुधबार

तिम्रो माया (कविता)

blog

तिम्रो मन, मेरो मन्दिर हो

माया तिम्रो, मेरो पूजा हो

तिम्रो हर ढुकढुकी, मेरो बाँच्ने आधार हो

तिम्रो मृग नयन, मेरो दर्शन हो ।

केही छैन तिमीलाई दिन मसँग

यादको फूल सिवाय

केही छैन मसँग साँच्न

तिम्रो तस्बिर सिवाय ।।

बितेका ती रङ्गीन पलहरू

सापटी पाए हुन्थ्यो 

जुनी जुनी अँगालिन पाए 

अपार आनन्द पो हुन्थ्यो ।।