• १३ साउन २०८१, आइतबार

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

blog

रेखीराम राना
तानसेन, जेठ २६ गते ।
पाल्पामा डुबेर एक जना भारतीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।

शनिबार मध्याह्न १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुब्नुभएको थियो । खोलामा डुबेर गम्भीर घाइते हुनुभएको अहमदलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गर्मी मौसम लाग्नासाथ सो क्षेत्रमा घुम्न आउने मानिसको डुबेर मृत्यु हुने गरेको छ । यो वर्षको वैशाखयता सोही क्षेत्रमा डुबेर पाँच जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।