• २१ असार २०८१, शुक्रबार

गुल्मीमा रेसुङ्गा स्केट पार्क सञ्चालन

blog

तम्घास रेसुङ्गा स्केट पार्क र पार्कको उद्घाटन गर्दै वडा अध्यक्ष पन्थी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, जेठ २४ गते । गुल्मीमा तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा आएको छ । बि एन सी ग्रुपले ५० लाखको लागतमा रेसुङ्गा नगरपालिका १ तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी दिनुभयो । 

पछिल्लो समयमा बालबालिकाहरू मोबाइलमा व्यस्त हुने, अन्य क्षेत्रको बारेमा जानकारी नहुने र मनोरोगी समेत हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै पार्क सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

पार्कको उद्घाटन गर्दै वडा अध्यक्ष रामप्रसाद पन्थीले खेल क्षेत्रले स्वस्थ रहन र अन्य कुलतका क्षेत्रहरूमा लाग्नबाट बचाउन सक्ने बताउनुभयो । नगरपालिकाले यस क्षेत्रको थप विकासका निम्ति सधैँ साथमा रहेको दाबी गर्नुभयो । 

बि एन सी ग्रुपले रेसुङ्गासहित देशका विभिन्न स्थानमा गरी सातवटा शाखा सञ्चालनमा ल्याएको छ ।