• २ माघ २०८१, बुधबार

कल सेन्टर मार्फत जिज्ञासा मेटाउदै आयोग

blog

काठमाडौं, बैशाख १३ गते । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ‘कल सेन्टर’ को स्थापना गरेको छ । कल सेन्टरमा आएका जिज्ञासा तत्काल समाधान गर्ने गरेको कल सेन्टरका प्रमुख मधुसुदन पुडासैनीले बताउनुभयो । 

निर्वाचनका बेला नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न गत चैत १५ गतेदेखि औपचारिकरुपमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

कल सेन्टर सञ्चालनमा आएदेखि तीन हजार ८५१ वटा जिज्ञासाहरु आएको कल सेन्टरका प्रमुख पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कल सेन्टरमा बैशाख ८ गतेसम्म तीन हजार ३२३ र त्यसपछि एकै दिन १९९,  २०५ वटा जिज्ञासाहरु आएको छ । 

ती जिज्ञासाको समाधान गर्न नौ जनाशक्ति खटाइएको छ । भने आफूले नसकेको अवस्थामा सम्बन्धित महाशाखाका प्रमुखलाई सम्पर्कमा ल्याएर जिज्ञासाको समाधान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

पुडासैनीका अनुसार विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकोमा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले चार अंकको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । भने, स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ । 

निर्वाचनमा उत्सकताका साथ सहभागि हुन अनुरोध गर्दै प्रमुख पुडासैनीले भन्नुभयो–“अहिले पहिलेको चुनावमा जस्तो कार्यक्रमहरु राखिएको छैन, मतपत्र पनि लामो छ केही ‘कन्फ्यूज’ हुन सक्छ, त्यसले पनि जिज्ञासाहरु धेरै आइरहेको छ ।” यसले सर्वसाधारण जनता, उम्मेदवार, राजनितिकर्मी, पत्रकार, पर्यवेक्षकलगायतलाई सहज भएको आयोगले जनाएको छ । 

 उहाँका अनुसार अझै मतदातामा जनचेतनाको कमी छ । यसले भोटमा कमी आउन सक्ने हुँदा सबैले मतदानसम्बन्धी जनचेतना फैलाउन जरुरी छ । निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह कसरी चिन्ने ? पोष्टर कहाँ टाँस्ने ? टाँस्न पाइन्छ की पाइँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरे के हुन्छ ? कस्तो साइजको पोस्टर टाँस्न पाउने ? नगर प्रमुख, उपप्रमुख, अध्यक्षले राजीनामा दिनुपर्ने कारण के हो ? पर्यवेक्षकको काम के हो ? लगायतका जिज्ञासाहरु कल सेनटरमा आएको पुडासैनीले बताउनुभयो । 

निः शुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर टेलिफोनमार्फत् सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता राम्रो रहेको पुडासैनीको विश्वस छ । आयोगले विगतदेखि नै निर्वाचनका समयमा कल सेन्टर सञ्चालन गर्दै आएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।