शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                भक्तपुर, वैशाख १२ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट भक्तपुर नगरपालिका प्रमुखमा बद्री लखाजूले उम्मेदवारी दर्ता गराउनुभएको छ।  
भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो। त्यसैगरी राप्रपाको तर्फबाट भक्तपुर नगर उपप्रमुखमा लक्ष्मी छुस्याबागले उम्मेदवारी दर्ता गराउनुभएको छ। 
गठबन्धन, नेकपा (एमाले)लेसमेत उम्मेदवारी दर्ताको तयारी गरेका छन्। नेकपा (माओवादी केन्द्र)ले गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। 
भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्र न्यौपानेका अनुसार भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चाँगुनारायण नगरपालिकामा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                