• १३ साउन २०८१, आइतबार

छ दिनमै एमाले परित्याग गर्नुभएका साहद्वारा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुहुँदै

blog

जनकपुरधाम, वैशाख १२ गते । स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता गराउने अन्तिम दिन जानकीराम साहले नेकपा एमाले पार्टी परित्याग गरेपछि स्वतन्त्र उम्मेदवार हुने भएको छ ।

जनकपुरधाम उपमहानगरको उपप्रमुखको टिकट पाउने आश्वासन पाएर उहाँ छ दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो । 

जनकपुरधाम उपमहानगरमा एमालेले शिवशंकर साह हीरालाई प्रमुखको टिकट दिएपछि जानकीरामले एमाले परित्याग गरेको बुझिएको छ । पार्टी परित्याग गर्नुभएका जानकीरामले स्वतन्त्रबाट प्रमुखकाे लागि उम्मेदवारी दिने तयारीमा जुट्नुभएकाे छ । 

पार्टी परित्याग गरी स्वतन्त्रबाट प्रमुखको उम्मेदवारी दिन लाग्नुभएका जानकीरामले नवगठित तराई मधेस लोकतान्त्रिक पार्टीले टिकटका लागि प्रस्ताव गरेको बताउनुहुँदै उहाँले अव कुनै पनि राजनीतिक दलबाट उम्मेदवारी नदिने जानकारी दिनुभयो । 

लेखक बाट थप