• १३ साउन २०८१, आइतबार

स्थानीय तह निर्वाचन

कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान हुने

blog

काठमाडौं, वैशाख १२ गते । निर्वाचन आयोगको कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान गर्न थालेको छ । उम्मेदवारहरुको मनोनयनसँगै सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्न थालेपछि आयोगले त्यसको समाधान गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ ।

कल सेन्टरका प्रमुख मधुसूदन पुडासैनीले निर्वाचनका बेला नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासा, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्ने क्रम जारी रहेको बताउनुभयो । उहाँले कल सेन्टर गत चैत १५ देखि सञ्चालनमा आएको जानकारी दिनुभयो ।

कल सेन्टर सञ्चालनमा आएदेखि वैशाख ११ गतेसम्म तीन हजार ८५१ भन्दा बढी जिज्ञासा आएको कल सेन्टरका प्रमुख पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कल सेन्टरमा नौजना जनशक्ति खटाइएको छ । आफूले नसकेको अवस्थामा सम्बन्धित महाशाखाका प्रमुखलाई सम्पर्कमा ल्याएर जिज्ञासाको समाधान गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । पुडासैनीका अनुसार विगतमा ११ अङ्क नम्बर रहेको टोल फ्रि सञ्चालनमा आएकोमा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो । 

निर्वाचनमा उम्मेदवारको चुनाव चिह्न कसरी चिन्ने, पोष्टर कहाँ टाँस्ने, टाँस्न पाइन्छ कि पाइँदैन, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे के हुन्छ, कस्तो साइजको पोस्टर टाँस्न पाउने, नगर प्रमुख-उपप्रमुख, अध्यक्षले राजीनामा दिनुपर्ने कारण के हो, पर्यवेक्षकको काम के हो, कसरी काम गर्नुपर्छ, नियम बताइदिनुस्, उम्मेदवारले मनोनयन दर्ता गर्दा के–के चाहिन्छ, निर्वाचन कार्यक्रम के–के छन्, यसको व्यवस्थापन र सहयोग कसरी गर्नेलगायतका जिज्ञासा कल सेन्टरमा साेधिने गरिएका छन् ।

स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ । निर्वाचनमा उत्सकताका साथ सहभागी हुन अनुरोध गर्दै प्रमुख पुडासैनीले भन्नुभयो–“अहिले पहिलेको चुनावमा जस्तो कार्यक्रमहरु राखिएको छैन, मतपत्र पनि लामो छ, केही ‘कन्फ्युज’ हुनसक्छ, त्यसले पनि जिज्ञासाहरु धेरै आइरहेका छन् ।” यसले सर्वसाधारण जनता, उम्मेदवार, राजनीतिकर्मी, पत्रकार, पर्यवेक्षकलगायत लाभान्वित भएका छन् । उहाँका अनुसार अझै मतदातामा जनचेतनाको कमी छ ।

यसले भोटमा कमी आउन सक्ने हुँदा सबैले मतदानसम्बन्धी जनचेतना फैलाउन जरुरी छ । कल सेन्टरमा आउने जिज्ञासामा उम्मेदवार हुन राजीनामा दिनुपर्ने, तर चुनाव जितिएन भने सरकारले क्षतिपूर्ति दिन्छ कि दिँदैन भन्ने जस्ता प्रश्न आउन थालेको छ ।

निर्वाचनमा उम्मेदवारको चुनाव चिह्न कसरी चिन्ने, पोष्टर कहाँ टाँस्ने, टाँस्न पाइन्छ कि पाइँदैन, निर्वाचन आचारसंहिता उल्लंघन गरे के हुन्छ, कस्तो साईजको पोस्टर टाँस्न पाउने, नगर प्रमुख, उपप्रमुख, अध्यक्षले राजीनामा दिनुपर्ने कारण के हो, पर्यावेक्षकको काम के हो, कसरी काम गर्नुपर्छ, नियम बताइदिनुस्, उम्मेदवारले मनोनयन दर्ता गर्दा के–के चाहिन्छ, निर्वाचन कार्यक्रमहरु के–के छन्, यसको व्यवस्थापन र सहयोग कसरी गर्नेलगायतका जिज्ञासाहरु कल सेन्टरमा आएको पुडासैनीले बताउनुभयो ।

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरिरहेकाले यसको प्रभावकारिता राम्रो रहेको पुडासैनीको विश्वस छ । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकिरहेको उहाँको बुझाइ छ भने आफूहरु यससम्बन्धी तालिम लिएकाले धेरै जिज्ञासाको समाधान आफैँले गर्ने गरेको उहाँले जानकारी दिनुभयो । आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दै आएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।