• १२ साउन २०८१, शनिबार

आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाइने

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने भएको छ ।

मङ्गलबार अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को दुवैको सदनको संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने, पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने आगामी आर्थिक वर्षमा बजेटमा योजना तय गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।

त्यसैगरी, सरकारले नेपाललाई आगामी आर्थिक वर्ष भित्र सूचना प्रविधि हबको रूपमा विकास गर्ने दाबी पनि गरेको छ । अर्थमन्त्री पुनले सूचना प्रविधिका नवीनतम प्रविधि अवलम्बन गर्न कानुन आधार तयार गरिने पनि बताउनुभयो ।

अर्थमन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गरिने पनि बताउनुभयो ।