• १२ मंसिर २०८१, बुधबार

नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढे

blog

बिन्दु थापा 

पाल्पा, जेठ ३ गते । पाल्पाको तानसेन नगरपालिकामा अनियमित्ता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेको संख्या बढेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबाट अनियमित्ता र बेथिति भएको भन्दै अख्यितारमा उजुरी दिनेको संख्या बढेको हो । तानसेन नगरपालिकाविरुद्ध ७१ वटा उजुरी अख्तियारमा परेको सामाजिक शाखा प्रमुख तथा सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । 

उहाँकाअनुसार धेरै उजुरी पर्ने प्रदेशकै चौथो स्थानमा तानसेन पर्छ ।  आचार्यले धेरै मुद्दाहरु तामेली भइसकेको र एक दुई बिषयका मात्र प्रतिउत्तर लेख्न बाँकी रहेको बताउनुभयो । 

धेरैजसो विकासका योजनालाई लिएर व्यक्तिगत रिसइवीका कारण पनि उजुरी परेको बताइएको छ । कुनै उजुरीको अर्थ नभएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

श्रेष्ठले भन्नुभयो, “रिस र डाहले, उनीहरुको भनेजस्तो काम नगरीदिँदा दुःख दिन उजुरी पर्नेगरेको छ । कस्ता उजुरीलाई कार्यान्वयन गर्ने भन्नेमा अख्तीयारले बिचार गर्नुपर्छ, अहिले अख्तियारमा उजुरी दिन सहज भएकाले सामान्य विषयमा समेत उजुरी हालेर विकासका काममा बाधा गर्ने गरिएको छ ।” 

तानसेन महोत्सवबाट उठेको ६१ लाख रुपियाँ तानसेन नगरपालिका सभाको विकासका लागि खर्च गरिने उहाँले बताउनुभयो ।