• ३० वैशाख २०८१, आइतबार

वीरगञ्ज महानगर प्रमुखबाट सरावगीको राजीनामा

blog

दिपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ९ गते ।
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले पदबाट राजीनामा दिनु भएको छ ।

वैशाख ३०  गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरावगीले सो पदबाट राजीनामा दिनुभएको हो ।

उम्मेदवारी दिनुभन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहेकाले बिहीबार नै पदबाट राजीनामा दिएको प्रमुख सरावगीले बताउनुभयो ।

सरावगीले महानगरपालिका कार्यालय पुगेर महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई भेटी आफूले प्रयोग गरिरहेको सरकारी नम्बर प्लेटको गाडीको साँचो बुझाएको उहाँले जानकारी दिनुभयो ।

गत स्थानीय निर्वाचनमा जसपाबाट निर्वाचन जितेका नगरप्रमुख सरावगी पछिल्लो समयमा नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको थियो । उहाँले नेकपा एमालेबाट पुनः  नगरप्रमुखको उम्मेदवारमा दिने तय भइसकेको छ ।

पर्साका १४ वटै स्थानीय तहका प्रायः सबै प्रमुख र उपप्रमुख स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिने तयारीमा छन् ।