• १० मंसिर २०८१, सोमबार

इनरुवाका प्रत्येक विद्यालयमा बाल क्लब

blog

सुनसरीको इनरुवा नगरपालिका-२ को पारिजात पब्लिक स्कुलमा बाल क्लब गठन गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख २७ गते । सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लब गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाइमा सबै वडामा बाल क्लब गठनको अभियान चलाएको हो । 

वडा, विद्यालय तथा गाउँ टोलमा बाल क्लब गठन गर्दा १० वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई समेट्दै आएको छ । समुदायमा गठन भएका बाल क्लबलाई समुदायमा आधारित बाल क्लब, विद्यालयमा गठन भएको बाल क्लबलाई विद्यालयमा आधारित, टोल, बस्ती, वडाभित्र बाल क्लब गठन गर्ने काम जारी राखेको शाखाकी सरस्वती ढुगांनाले जानकारी दिनुभयो । बिहीबार मात्रै इनरुवा नगरपालिका वडा नम्बर–२ मा रहेको पारिजात पब्लिक स्कुल र इनरुवा ३ को आवर इगिंल बोर्डिङ स्कुलमा विद्यालय स्तरीय बाल क्लब गठन गरिएको छ ।

पारिजात बाल क्लब अम्बिका यादवको अध्यक्षतामा २५ सदस्य रहेको बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा रोहित साह, सचिवमा सुमित पण्डित, सहसचिवमा एनजी राना मगर र कोषाध्यक्षमा नजिम आलम चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सिद्धान्त यादव, जेनिसा चौधरी, अजय शर्मा, आरती मेहता, सनिषा चौधरी, सृजना मण्डल, अनुष उराँव, उमर फारुक, उषा सुतिहार इसा उराँव, लक्ष्मी खत्वे चयन भएका छन् । त्यस्तै सदस्यहरूमै मनिष मेहता, प्रिन्स पण्डित, नीरज उराँव, विवेक मेहता, आशिष् साह, नितेश यादव, इक्राम अलि, अस्फाक आलम, अजय साह लगायतका चयन भएका संरक्षण शिक्षक इन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । बालबालिकाका क्षेत्रमा भएका समस्या आफैँले पहिचान र समाधान गर्न सकुन् भन्ने उद्देश्यसहित वडा वडामा र विद्यालयहरूमा बाल क्लब गठन गर्न सुरु गरिएको ढुगांनाले जानकारी दिनुभयो । 

नगरपालिका कार्यालयले हरेक वर्ष बाल क्लब गठन गर्दै आएको छ । यसरी गठन भएका बाल क्लबहरूले समन्वय गरेर बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्न सक्ने बताइएको छ । विद्यालय, गाउँ तथा टोल स्तरीय बाल क्लब गठन गरिसकेपछि वडाभरिका प्रत्येक टोल टोलमा बालबालिकाको क्षेत्रमा बाल क्लबहरूले नेतृत्व गर्ने जानकारी दिएको छ । बाल क्लब गठन अभियानको नेतृत्व ढुङ्गानाले नै गरिरहनुभएको छ ।

उता सेन्टमेरिज स्कुलमा केशव साहको अध्यक्षतामा २३ सदस्य सेन्टमेरिज बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा रेनु साह, सचिवमा नारगिस खान, सहसचिवमा शोभा कुमारी यादव, कोषाध्यक्षमा प्रत्युस देव चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा समीक्षा मेहता, आयुष मेहता, निकी साह, कृष्ण साह, युदुषी मेहता, सकिब आलम, स्नेता साह, तुलसी साह, विराट साह, अमन यादव, जीवन यादव,सुजित यादव, भूमिका पण्डित र पन साह चयन भएका छन् ।

त्यसैगरी कोशी पब्लिक एकेडेमी स्कुलमा विशाल उराँवको अध्यक्षतामा २३ सदस्य कोशी पब्लिक  बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा अंकिता यादव, सचिवमा रोनक  मेहता, सहसचिवमा नेहारिका अख्तर, कोषाध्यक्षमा आकृति मेहता चयन भएका छन् । 

ढुङ्गानाका अनुसार यसअघि आवल इग्लिस बोर्डिङ स्कुल, सेन्टमेरिज स्कुल, इनरुवा स्कुल, कोशी पब्लिक एकेडेमी, बालमन्दिर मावि सहितका विद्यालयमा बाल क्लब गठन भएको छ ।