• ५ जेठ २०८१, शनिबार

इन्जिनियर चराको कला

blog

साथीहरू केही दिन अगाडि म बाबाको साथीको घर ललितपुरको भैँसैपाटीमा केही रमाइलो कार्यक्रममा परिवारसँगै गएको थिएँ । खाना खाएपछि केही पर घुम्न जाने योजना भयो । जाँदा बाटोमा ठुलठुला रुखमा मैले धेरै राम्रो चराको गुड देखेँ । सँगै जोडिएर बन्दै गरेका कुनै बनिसकेका आकर्षक चराका गुँड हाम्रो घरतिर मैले कहिल्यै  देखेको थिइनँ । यसबारे जान्न मन लागेर बाबासँग धेरै कुरा सोधेँ । हातले बनाएर टासेको जस्तै देखिने गुँड अर्थात् चराको घर बाटोमा हिँडदा पनि बाटोमा अडिएर हेरिरहुँ जस्तो लाग्यो । त्यसबारे घरमा आएर धेरै कुरा सर्च गरेर हेर्दा त रमाइलो लाग्यो । 

नयाँ वर्षको आगमनसँगै वषन्त ऋतुको समयमा यी चराहरूले नयाँ गुँड बनाउने रहेछन् । धेरै मेहनत गरेर बनाउने यस्ता गुँड बनाएसँगै बच्चा पनि हुर्काउने समय यही हो रहेछ । वैशाख महिनामा रुखमा पनि नयाँ पालुवा पलाउने मौसम पनि शीतल, यी चराहरू त कति बाठो पो हुने रहेछ । हात नभएको चराहरूले  सानो चुच्चोको भरमा यति राम्रो काम गर्न सक्ने रहेछ भने साथीहरू  हामीसँग दुई हात छ । जस्तो काम पनि गर्न सकिन्छ । सोच्नका  लागि दिमाग छ । कुनै पनि कुरामा सफल हुन मेहनत र निरन्तरता सबैभन्दा ठुलो कुरा रहेछ । यी तोप चराहरूको गुँडबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ । चराहरूले रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागो जस्तो रेसाबाट गुँड बनाउने तोप चरालार्ई इन्जिनियर चरा पनि भनिने रहेछ । भँगेरा वर्गमा पर्ने यो तोप चरा चराहरूको ‘इन्जिनियर’ नै हो । मैले खोजी गर्दा जानकारी भए अनुसार यो गुँड भाले तोप चराले बनाउने रहेछ । कसको गुँड राम्रो बनाउने भन्ने उनीहरूबिच प्रतिस्पर्धा नै हुने रहेछ । राम्रो गुँड नबनाउने भालेले राम्रो साथी पनि पाउँदैन रे । अनि मेहनत त गर्नै प¥यो । साथीहरू चराको सानो गुँडबाट पनि मैले त धेरै शिक्षा पाएँ । तपाईहरुलाई कस्तो लाग्यो मुनामा पढ्न पक्कै पाइन्छ होला ।