• ३ जेठ २०८१, बिहिबार

घण्टाघर र ढकमक्क ज्याकाराण्डा

blog

काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क फूलेको ज्याकाराण्डा फूल । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ, वैशाख १७ गते । काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क ज्याकाराण्डा फूल फुलेका छन् । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ ।

राजधानी काठमाडौंका मुख्य सडकहरु अहिले ज्याकाराण्डा फुलेर निलाम्य भएका छन् । वैशाखमा फुल्ने यो फूलले राजधानीको शोभा बढाएको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फुलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ ।