• १६ कात्तिक २०८१, शुक्रबार

जननेताको स्मरण

blog

नेकपा (एमाले) का तत्कालीन महासचिव एवं बहुदलीय जनवादका व्याख्याता मदन भण्डारीको आज ३१ औँ स्मृति दिवस । उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको थियो । अर्का नेता एवं सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदनको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो । यो घटनाको छानबिन गर्न धेरै आयोग बने पनि तिनले पनि वास्तविकता बाहिर ल्याउन सकेका छैनन् । यसै रहस्यमय दुर्घटनामा आधारित भएर चलचित्र निर्देशक मनोज पण्डितले ‘दास ढुङ्गा’ नामक चलचित्रसमेत निर्माण गर्नुभएको छ ।

सुरुवाती जीवन

मदनको जन्म २००९ साल आषाढ १४ गते पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा ब्राह्मण परिवारमा भण्डारीको जन्म भयो । उहाँको प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरु भयो । विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गरेका भण्डारी अप्ठेरा पाठ भए पनि दुई पटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्न सक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गर्ने गर्नाले उहाँ जिल्लाभर चर्चित हुनुहुन्थ्यो । यद्यपि उहाँले अक्षर चिनिसक्नु भएको थिएन । उहाँका बुबा गाउँका थराना गर्ने (गाउँलेले दिएको सुब्बाको मान) पाएकाले माया पाउनुभयो । दुःख भएन । उहाँले अरूले जस्तो हिलो र धुलोमा पढ्नु पनि परेन । उहाँले विसं २०२३ मा गाउँमा उपलब्ध पढाइ सक्नुभयो । 

२०२४ सालमा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा स¥यो । त्यसपछि उहाँ भारतको मथुरामा अध्ययन गर्न जानुभयो दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । 

राजनीतिक जीवन

२०२८ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नुभएको हो । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण ग¥यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित हुनुहुन्थ्यो भने मदन भण्डारी केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभयो । 

अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको विद्रोही स्वभाव, विषयवस्तुको उच्चतम ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत नवीन चिन्तनको विकासले उहाँलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीसँग नजीकिने वातावरण बनायो । २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण भयो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको (को–अर्डिनेसन केन्द्र) आबद्ध भई ‘मुक्तिमोर्चा समूह’ लाई नै त्यसमा विलय गराइयो । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उहाँ केन्द्रीय सदस्य बन्नुभयो । 

२०४१ साल वैशाखमा मदन भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बन्नुभयो । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उहाँ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को महासचिव बन्नुभयो । २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं १ बाट उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । उहाँको विवाह २०३९ सालमा विद्या पाण्डेसँग (विद्यादेवी भण्डारी) भयो । उहाँहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरी जन्मिए ।

मदन विसं २००९ देखि २०५० सम्म नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का नेता हुनुभयो । जनआन्दोलन २०४६ मा वाम मोर्चाबाट सक्रिय रहेका भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महìवपूर्ण भूमिका खेल्नुभयो । उहाँले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलवादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । 

लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गर्नुभयो । जुन सिद्धान्तमाथि टेकेर आज केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा (एमाले) अगाडि बढिरहेको छ ।

माक्र्सवादको सिर्जनात्मक प्रयोग हरेक देशले आफ्नो अनुकूल गर्नु पर्छ भन्ने मान्यताका आधारमा नेपालको मौलिक परिस्थिति अनुसार त्यसलाई जनताको बहुदलीय जनवादमार्फत संश्लेषण गरेर वास्तवमा मदनले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिनुभएको थियो भन्ने प्रमाणित भएको छ । हतियारबद्ध आन्दोलन नै कम्युनिस्टहरूको एक मात्र बाटो हो भन्ने भाष्यमाथि जबर्जस्त र प्रभावकारी हस्तक्षेप गर्दै जनताका बिचमा जाने र जनताले निर्धारण गरिदिएको स्थानमा बसेर जनताको विश्वास जित्न कोसिस गर्ने कुरालाई मदनले जनताको बहुदलीय जनवादमार्फत सिद्धान्तकृत गर्नुभएको थियो । जो कम्युनिस्ट वर्तमानमा उभिन चाहन्छन् र भविष्यका लागि केही चाहन्छन्, तिनका लागि यसबाहेक अर्को कुनै बाटो छैन । उहाँले आजभन्दा ३५ वर्ष अगाडि नै राजतन्त्रको खरो रूपमा विरोध गर्नुभयो । राजा शासन गर्न चाहन्छन् भने चुनाव जितेर जनताको अभिमत प्राप्त गरेर सत्ताको कुर्सीमा बस्न उहाँले सार्वजनिक मन्तव्यमार्फत चेतवानी दिँदै आउनु भएको थियो ।