• ३१ वैशाख २०८१, सोमबार

बझाङमा एमाले र माओवादीको प्रतिस्पर्धा : एमाले ५१० मतले अगाडि

blog

शैलेन्द्रकुमार रोकाया

बझाङ, वैशाख १६ गते । बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ ।  नेकपा (एमाले)का दमन भण्डारीले अहिले माओवादी केन्द्रका जनक बुढासँग प्रतिस्पर्धामा हुनुहुन्छ । 

एमालेका भण्डारीले १५ सय ५ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ९९५ मत ल्याउनुभएको छ । उहाँहरु बिचको मत अन्तर ५१० रहेको छ ।

कांग्रेसका अविशेक सिंहले ९१८ मत पाउनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर सिंहले ५७७ मत पाउनुभएको छ । राप्रपाका किशोर खड्काले २० बत पाउनुभएको छ ।