• २७ वैशाख २०८१, बिहिबार

इलामको सप्तमाइ मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउँदै

blog

इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा खटिएका महिला कर्मचारी । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख १५ गते ।
 इलामको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।

सप्तमाइ  अध्ययन तथा अनुसन्धान  केन्द्रलाई नमुना मतदान केन्द्रका रूपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिलालाई मात्रै दिइएको हो ।

उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

पाँच सय ४५ मतदाता रहेको उक्त केन्द्रमा पाँच जना महिला कर्मचारी खटाइएको छ । उक्त केन्द्रमा स्वास्थ्यकर्मी तारा श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । साथै केन्द्रमा महिला प्रहरी मात्र खटाइएको छ भने धमाधम मतदान भइरहेको छ ।