• २० वैशाख २०८१, बिहिबार

नेपाल र युएई भिड्दै

blog

काठमाडौँ, वैशाख ७ गते । ओमानमा जारी एसिसि प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल हुँदै छ । जस अन्तर्गत नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ । 

दुई देश बिचको खेल बिहान सवा १२ बजेबाट सुरु हुनेछ । आज नै ओमान र हङकङबिच अर्को सेमिफाइनल खेल पनि हुँदै छ । सेमिफाइनलमा विजयी टोलीबिच आइतबार फाइनल हुनेछ । फाइनल विजयी टोलीले एसिया कप टी २० क्रिकेटमा भाग लिन पाउनेछ ।

नेपाल रहेको समूह ए मा चार वटै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बिको दोस्रो स्थान हासिल गर्दै सेमिफाइनल प्रवेश गरेको हो । समूह बिमा ओमान चार वटै खेल जितेर समूह विजेता बनेको थियो ।