• २० वैशाख २०८१, बिहिबार

अमेरिकामा नेपाली चेम्बर गठन

blog

न्यूयोर्क, वैशाख ३ गते । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् । 

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपालीभाषी व्यवसायीहरू संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारण सभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारिक घोषणा गरिएको हो ।