• १२ साउन २०८१, शनिबार

बझाङमा काँग्रेस सभापति सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

शैलेन्द्र राेकाया

बझाङ, वैशाख ४ गते । बित्थडचिर गाउँपालिका–४ देउलेकमा आइतबार  बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ  सुर्मा गाउँपालिका २ का २७ वर्षीय विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । मृतक बोहरा नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहराका जेठा छोरा हुनुहुन्छ।

प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहरा पनि दुर्घटनामा पर्नुभएकाे छ

त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।  सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सात जनाको अवस्था सामान्य छ । 

चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरूमध्ये अधिकांश बोहराका आफन्त छन्।