• ११ मंसिर २०८१, मङ्गलबार

बुद्धिचाल महासङ्घको साधारण सभा बिहीबार

blog

हेराकाजी महर्जन ।

काठमाडौँ, चैत २८ गते । नेपाल बुद्धिचाल महासङ्घको नवौँ तथा विशेष साधारण सभा चैत २९ र ३० गते हुने भएको छ । ललितपुर च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा दुई दिन चल्ने साधारण सभामा सात प्रदेश र ५५ जिल्लाका गरी एक सय १८ जना प्रतिनिधिको सहभागिता रहनेछ ।

साधारण सभामा महासङ्घको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको निर्वाचन समेत हुनेछ । महासङ्घका अध्यक्षमा हेराकाजी महर्जन, वरिष्ठ उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षमा राजाबाबुको उम्मेदवारी दिने तयारी गर्नुभएको छ । 

साधारण सभामा सर्वसम्मत रूपमा सम्पन्न गर्न महासङ्घका महासचिव धरमबहादुर लामा, अनिल रिजाल, नारायणदास गमाल र दिपेन राईलाई जिम्मेवारी दिइएको छ । साधारण सभामा महासचिव र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा पनि छलफल गरिनेछ ।