• २४ वैशाख २०८१, सोमबार

लन्डन म्याराथनका लागि गोपीचन्द्रको बिदाइ

blog

बिदाइ कार्यक्रममा गोपीचन्द्र पार्की ।

काठमाडौँ, चैत २८ गते । लन्डन म्याराथनमा भाग लिने धावक गोपीचन्द्र पार्कीको बिदाइ गरिएको छ ।

नेपालगञ्ज म्याराथनले आयोजना गरेको कार्यक्रमबिच गोपीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलगायतले बिदाइ गर्नुभयो ।

लन्डन म्याराथन वैशाख ९ गते हुनेछ। गोपी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । नवौँ नेपालगञ्ज म्याराथनको‌ उपाधि जित्दै गोपी लन्डन म्याराथनमा छनोट हुनुभएको थियो ।

गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ । बिदाइ कार्यक्रममा गोपीले तयारी राम्रो गरेकोले उत्कृष्ट नतिजाका लागि दौडने बताउनुभयो ।