• १२ साउन २०८१, शनिबार

मित्रवत् प्रतिस्पर्धा भए केन्द्रबाट कुनै निर्देशन जाँदैन : प्रवक्ता महत

blog

काठमाडौं, वैशाख ३ गते । नेपाली काँग्रेसले कुनै स्थानीय तहमा सत्तारुढ दलबीच नै प्रतिस्पर्धा हुनसक्ने जनाएको छ ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेका बेला काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । 

साथै उहाँले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रष्ट पार्नुभयो । यसैगरी, प्रवक्ता महतले चुनावी तालमेल हुन नसक्ने ठाउँको रिपोर्ट कन्द्रमा दिनुपर्ने बताउनुभयो । 

'कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौं, उहाँले भन्नुभयो, 'महानगरपालिका र उपमहानगरबाहेक अरु नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ ।' उहाँले थप्नुभयो, ‘यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरुले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौं ।’

महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने उहाँको भनाइ छ । ‘हामीले बाध्य पार्दैनौं, मित्रवत् प्रतिस्पर्धा गर्छौं भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ । तर, एमालेसँग तालमेल हुँदैन', उहाँले भन्नुभयो।