• १२ साउन २०८१, शनिबार

एमाले अध्यक्ष ओली कैलाश दर्शनका लागि लाप्चा जानुहुने

blog

राजन रावत

हुुम्ला, वैशाख ३ गते । नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली आईतबार हुुम्ला आउने बित्तिक्कै नेपाली भूमि लाप्चा र लिमी उपत्यकातर्फ जानुुहुने भएको छ । मानसरोवर कैलाशको दर्शनका लागि हेलिकोप्टरबाट उहाँको टोली सिमकोटबाट लाप्चातर्फ जान लाग्नुुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य गोखरबहादुर बोगटीले पार्टी अध्यक्ष एवं पूुर्बप्रधानमन्त्री ओली आइतबार नेपालगंजबाट सिमकोट विमानस्थलबाट सिधै लिमीतर्फ लाग्ने बताउनुुभयो । उहाँको टोलीले पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुुनेछ उहाँले जानकारी गराउनुभयो । सो क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न पाइन्छ । 

मानसरोवर कैलाशको दर्शनपछि उहाँ हेलिकोप्टरबाट लिमीको हल्जी गाउँमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम छ । लिमीवासीको आफ्नै साँस्कृति, भेषभूषा, रहन सहन भएको र सोबारेका अध्यक्ष ओलीले जान्न चाहेको उहाँले बताउनुुभयो । लाप्चा नाम्खा गाउँपालिकाको वडा ६ को लिमीमा पर्छ ।

अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेल, पत्नी राधिका शाक्यलगायतको टोली रहनेछ । लिमीबाट फर्केपछि अध्यक्ष ओलीले सिमकोटमा सञ्चालन हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सिमकोटको कार्यक्रमपछि अध्यक्ष ओलीले आइतबारै दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको श्रीनगरको चुनावी कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी एमाले हुम्लाले गरेको छ । 

अध्यक्ष ओली योसहित हुम्लामा दोस्रो पटक आउन लाग्नुभएको हो ।  यसअघि २०७५ वैशाख १ गते रारा पर्यटक महोत्सवमा भाग लिन आउने क्रममा अध्यक्ष ओली हुम्लामा पहिलो पटक आउनुुभएको थियो ।