• १२ साउन २०८१, शनिबार

गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड

blog

शान्ता अधिकारी
चितवन, वैशाख ३ गते ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको तर्फबाट हुने चुनावी तालमेल आइतबारसम्म टुङ्गिो लगाउने बताउनुभएको छ ।

पूर्वी नवलपरासी (नवलपुर) क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान चितवन आइपुग्नु भएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासामा सो कुरा बताउनुभएको हो । उहाँले काठमाडौं फर्केलगत्तै चुनावी तालमेलको खाका तयार गर्ने र आइतबार उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो ।

“आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुङ्गोमा पुग्छौं ।,” उहाँले भन्नुभयो ।

पछिल्लो समयमा केन्द्रदेखि जिल्लासम्म भरतपुरको विषयमा कुरा उठने गरेको प्रसंगमा उहाँले बाहिर जसरी आएको छ त्यस्तो हुँदै नभएको जिकिर गर्नुभयो । “भरतपुरको चुनावी तालमेलको विषयलाई बाहिर जस्तो कुरा सुनिएपनि गठबन्धन भित्र त्यस्तो कुनै विवाद छैन ।,” अध्यक्ष प्रचण्डले भन्नुभयो ।