• ५ माघ २०८१, शनिबार

मध्यवर्ती क्षेत्र स्थानीयका लागि इन्धनको स्रोत

blog

कोशी गाउँपालिका–७ हरिपुरका स्थानीय महिला तथा किशोरी इन्धनको स्रोतको रुपमा प्रयोग गर्न ल्याएको दाउरा । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव ।
इनरुवा, चैत २१ गते ।
कोशी टप्पु बन्य जन्तु आरक्ष मध्यवर्ती क्षेत्र सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयका लागि इन्धनको स्रोतको रुपमा सावित भएको छ ।

मध्यवर्ती क्षेत्रमा खुल्ला चरिचरण गर्ने गाईभैंसीको गोबरको गोईठा होस की झरपात र विभिन्न साना रुख विरुवाको हागा होस स्थानीयका लागि इन्धनको स्रोतको रुपमा प्रयोग गर्ने गरेका छन् । यहाँ स्थित कोशी किनारसम्म र पूर्वपश्चिम लोकमार्गसम्मको क्षेत्रमा जङ्गल तथा घासे मैदान क्षेत्रमा चरिचरण गर्ने गाईभैंसीको गोबरको सुकेर बनेको गोईठा होस की बुट्यान, झरपात र विभिन्न रुख विरुवाको हागा वा झरेको पात स्थानीयबासीहरुले सङ्कलन गरेर भान्साका लागि इन्धनको स्रोतको रुपमा प्रयोग गर्ने गरेका स्थानीय देवराज यादवले जानकारी दिनुभयो ।

एक हजार बढी परिवारले कोशीमा बगेर आएको दाउरादेखी गाईभैंसीको गोबरको गोईठा, झरपात र जङ्गलका, सिमसारका विभिन्न रुख विरुवाको हागा र पातलाई इन्धनको रुपमा प्रयोग गर्ने गरेका यादवले बताउनुभयो ।