• १२ साउन २०८१, शनिबार

२२ तस्बिरमा ललितकला प्रदर्शनी

blog

तस्बिर: मनोजरत्न शाही 

काठमाडौं, वैशाख २ गते।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । 

उद्घाटन समारोहमा बोल्नुहुँदै उपराष्ट्रपति पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ। उहाँले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउनुभयो। 

नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उहाँको भनाइ थियो। अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उहाँले बताउनुभयो। 

ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याउनुभयो। समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताउनुभयो। समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिनुभयो।