• १२ साउन २०८१, शनिबार

आगलागीमा परी सप्तरीमा बालकको मृत्यु

blog

ललिता साह
सप्तरी, वैशाख २ गते ।
आगलागीमा परी शुक्रबार सप्तरीमा एक बालकको मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैया टोलस्थित शत्रुधन यादवको घरमा आगलागी हुँदा उहाँका ८ वर्षीय छोरा शैलेशकुमार यादवको जलेर मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार दिउँसो ३ बजे एक्कासि घरमा आगो लागेको र बालक घरभित्रै हुँदा उनको जलेर मृत्यु भएको हो ।

‘फुसको गोठ हुँदै आगो चार कोठे पक्की घरमा पुगेको थियो । आगो नियन्त्रणमा लिन समय लाग्दा घर भित्र रहेको बालकको ज्यान गएको हो ।’ उहाँले भन्नुभयो ।

सप्तरी प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले घटनाको क्षतिबारे विवरण प्राप्त भइनसकेको जानकारी दिनुभयो । तर, आगलागीमा लाखौं रुपियाँ बराबरको धनमालको क्षति भएको उहाँको अनुमान छ ।